असोज ११ गते फूलपातीको दिन रिलिज भएको फिल्म ‘छक्का पञ्जा २’ले आफ्नो नाम सुपरहिट क्लबमा दर्ता गराईसकेको छ । समिक्षमबाट मिश्रित प्रतिक्रिया पाइरहेको फिल्मले केही नयाँ रेकर्ड बनाउँदै करिब १२ करोड माथिको व्यापार गरेको छ । फिल्मको अधिकांश सोहरु अझै हाउसफूल नै छन् । छक्का पञ्जा २ ले पाएको सफलतासँगै फिल्म निर्माताका साथै कलाकार दीपकराज गिरीले ‘छक्का पञ्जा ३’ बनाउने घोषणा गरेको छन् । उनले आफ्नो फेसबुक अकाउन्टमा स्टाटस लेख्दै दीपक भन्छन् ‘‘ए दाजु नसमाउ गीत( चोरेको), झ्याम्म झ्याम्म गीत(चोरेको), फिल्मको ट्रेलर( झुर), छक्का पन्जा २( भद्दा कमेडी), सुरु देखिको आक्रमण लाई झेल्दै आयौ... तर दर्शक आज सम्म पनि हलमा हलमा हाम्रो ब्राण्डप्रति उहाँहरूको विश्वास कहिल्यै कम भएन, परिपक्व समिक्षक र दर्शकले देखाएका केही गल्ती छन् त्यसलाइभबिष्यमा सुधार्दै “छक्का पन्जा ३ “ को तयारी गर्दैछौ...!!!’’

 


फिल्म युनिट यति बेला दर्शकसँग साक्षतकार गर्नेको लागी मोफसलको यात्रामा छन् ।फिल्मm निर्माण पक्षको अनुसार ‘छक्का पञ्जा ३’लाई पनि निर्देशक दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छिन् । निर्माण घोषणासँगै फिल्मको प्रदर्शन अगामी वर्ष ०७५को फूलपातीमा हुने बताइएको छ । । ‘छक्का पञ्जा’को तेस्रो श्रृंखलामा प्राय कलाकार दोहोरिने निर्माण पक्षले जनाएको छ।