कवि तथा गीतकार सरला श्रेष्ठको गीति कविता ‘अधिकार बाँडिदेउ’को अडियो भिडियो सार्वजनिक भएको छ ।नारी दिवसको दिनमा नेपाल चलचित्र विकाश बोर्डमा आयोजित कार्यक्रममा अधिकार बाडिदेउ शिर्षकको गीतलाई सार्वजनिक गरिएको हो ।गायिका मिलन नेवारको स्वर लक्ष्मण पोखरेलको संगीत रहेको गीतमा लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ ।
गीतकार सरला श्रेष्ठको प्रस्तुती रहेको गीत एसएस कृयशन युटुव च्यानलबाट प्रशारण गरिएको हो । भिडियोलाई ॐ प्रकाश अवस्थीले लेखन सम्पादन र निर्देशन गरेका हुन् । अमृता श्रेष्ठ, सुमित्रा अधिकारी, प्रशान्त हुमगाई, सुक्रीत खतिवडा, स्यारोन खतिवडाको अभिनय रहेको छ ।