नेपालमा भारतीय गायक तथा कवि ओशो जैनले सांगीतिक प्रस्तुति दिने भएका छन् । भोली शुक्रबार अर्थात् फागुण २६ गत मार्च १०मा उनले आफ्नो सांगीतिक प्रस्तुति दिँदैछन् ।ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् ।जैनले आफ्नो सांगीतिक समूहसहित प्रिभे नेपाल, सोल्टी काठमाडौंमा प्रस्तुति दिन लागेका हुन् ।प्रस्तुति हेर्नका लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ तोक्नुका साथै दर्शकलाई टिकट किन्न आव्हान समेत गरेको छ ।नेपाली गायिका सुरक्षा मल्लले पनि कार्यक्रममा आफ्ना गीत गाउने छिन् ।