नायिका सुरक्षा पन्त बिहे गरेकी छिन्। प्रेमी अभिनेता मानव सुवेदी संग उनले आज बिहे गरेकी  हुन् । सामाजिक सन्जालमा बिहेको तस्विर राख्दै उनले नयाँ जिवनको सुरुवात भएको जनाएकी हुन् ।   करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका सुरक्षा र मावनले केही म्यूजिक भिडियोमा सहकार्य गरिसकेका छन् । श्रीमान् मानव गायक तथा निर्देशक पनि हुन् । फिल्म ‘अन्तराल’बाट अभिनय करिअरको सुरुवात गरेका उनले ‘नेपथ्य’, ‘चिनी कम रंग कडा’ फिल्ममा अभिनय गरेका छन् भने ‘पैसा फल्ने बोट’, ‘आँखामा तिम्रो’ आदि गीतमा आवाज पनि दिएका छन् ।