नायक अनमोल केसीलाई नेपाली चलचित्र क्षेत्रको हिट मसिनको रुपमा लिइन्छ । निर्माताहरू अनमोलसँग काम गर्नेको लागी महिनौँ कुर्नुका साथै लाखौँ पारिश्रमिक दिन पनि पछि पर्दैनन् । हुन पनि अनमोलको स्डारडम्लाई  नजरअन्दाज गर्ने सकिन्न। उनले गरेका अधिकांश चलचित्रहरू हिट भएका छन् भने प्राय सबै चलचित्रले आफ्नो लगानी सुरक्षित गरेका छन् । तर यो पटक अनमोलको हिट यात्रामा ब्रेक लागेको छ । भर्खर मात्रै रिलिज भएको चलचित्र `छड्के २´ ले पानी पनि भन्न पाएन। यो चलचित्रले अनमोलको करियरकै झुर चलचित्रको उपाधि समेत पाएको छ । दशक अघि रिलिज भएको थियो `छड्के ´। जुन चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका थिए । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की लगायतका दर्जनौँ कलाकारको अभिनय रहेको थियो । त्यो समयमा पनि छड्केको पात्रहरूले निकै चर्चा कमाएता पनि बक्स अफिसमा भने कमाल गर्न सकेको थिएन । झन्डै दशकपछि बनेको चलचित्रको सिक्वेल `छड्के २´ लाई पनि  निगम श्रेष्ठले नै निर्देशन गरेका हुन् । यस पटक प्राय रोमान्टिक चलचित्रमा देखिरहने अनमोललाई ग्याङ स्टारको अवतारमा उनले देखाएका छन् । तर चलचित्रको टिजर आए देखिनै चलचित्रको पात्रको चर्चा भन्दा बढी ट्रोल बन्यो । यस पटक अनमोलले चलचित्र प्रमोसनमा पनि कुनै मेहनत गरेनन् वा निर्माण टिमले नै प्रमोसन गर्नमा कुनै चासो देखाएनन्। अनमोलको चलचित्र रिलिज हुने दिन अर्को चलचित्र `छक्का पन्जा ४´ पनि रिलिज भयो । `छक्का पन्जा ४´ ले सफलताको बहाव बढाउँदै गयो भने अनमोलको `छड्के २´ ले अडिएन्सलाई हल सम्म ल्याउन सकेन । चलचित्र हलबाट हप्ता दिन नहुँदै उत्रियो । 

Cine Pati

चौतर्फी आलोचना भएपछि अनमोलले आफ्नो सामाजिक सञ्जाल मार्फत दर्शकसँग माफी माग्दै आफ्नो `छड्के २´ को पात्रलाई बिदा गरेको लेखेका छन् । उनले `छक्का पन्जा ४´ले पाइरहेको सफलतालाई बधाई दिँदै आफूले आफ्नो दर्शकलाई निराश पारेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन्। । उनी लेख्छन्: यी वर्षहरूमा मैले जे गरे,आफू र आफ्नो काम प्रति सच्चा र इमानदार भएर गरेको छु । यो निरन्तर माया र सकारात्मक साथले चाँडैले तपाईँहरूको विश्वास जित्ने छु ।