पछिल्लो समय टिकटकबाट थुप्रै कलाकारहरुको जन्म भएको छ । ति मध्य कति टिकेका छन् , कति कहाँ छ्न् अत्तोपत्तो छैन । टिकटकका कलाकार नेपालमा मात्र हैन नेपालको मित्र भारतमा पनि उत्तिकै छन् । उनिहरुको चर्चालाई मध्य नजर गरी खाने भाडा बनाउदै कतिलाई गीत गाउन लगाइयो भने कति फिल्म समेत खेलाइयो । केही दिनको रम्झमलाई टिकटकेहरुले ठुला ठुला सपना देखे चर्चित हुन थालेपछि । भारतका ‘काचा बदाम’ भुवन बाड्याकरलाई पनि यस्तै भयो । संसारभर यो गीत यति चर्चित भयो कि यो गीतका गायक भुवन बाड्याकर रातारात संगीत स्टार बने । रातारात यो गीतबाट स्टार बनेका उनि अहिले फेरी पहिलेकै अवस्थामा आइपुगेका छन् । ‘काचा बदाम’ हिट हुनुअघि ठेलागाडामा बदाम बेचेर गुजारा गर्ने भुवन कपीराइट लगायतको विवादले पुनः पुरानै अवस्थामा फर्किएका हुन् । गोधुली बेला म्युजिक युट्युब च्यानलका गोपाल घोषले भुवनलाई फकाएर कागजमा हस्ताक्षर गर्न लगाएपछि उनको ओरालो त्यहींदेखि सुरु भयो । नयाँ गीतको अफर आएको भन्दै भुवनलाई कागजमा साइन गर्न लगाए । जसअनुसार नयाँ गीतबाट आएको ६० प्रतिशत कमाइ भुवन र ४० प्रतिशत युट्युबले राख्ने भनेर उनले फकाए । भिडियो राख्नेलाई कपीराइट पनि लाग्न थाल्यो अहिले यो घटनापछि उनी पुनः गाउँमै फर्किएर ठेलागाडामा बदाम बेच्न थालेका छन् । यस् घट्नालाई नजर राख्दै उनले स्थानीय प्रहरीमा उजुरी दिएको खबर भारतिय संचारमा उल्लेख गरीएको छ ।