फिल्म ‘बहाव’ खल्ति एप संग जोडिएको छ । चैत्र २४ गतेलाई रिलिज मिति तोकिएको फिल्मका निर्माता श्रीधर पौडेल र खल्तीका चिफ मार्केटिङ अफिसर अभिनास गुप्ताले सहकार्यको सम्झौता गरेका हुन् । दर्शकले अब फिल्म संग जोडिएका क्रियाकलापहरु खल्ति एप बाटै गर्न सक्ने छन् । खल्ती प्रयोगकर्ताले फिल्मका विभिन्न क्रियाकलापहरुमा सहभागी बनी फिल्मको टिकट लगायत विभिन्न उपहारहरु जित्न सक्नेछन् ।हाल खल्तीको फेसबुक पेजमार्फत फिल्म ‘बहाव’ सम्बन्धी प्रश्नोत्तरको जवाफ दिई भाग्यशाली ५ जनाले पुरस्कार जित्न सक्नेछन् । जिज्ञासा, विचार अनि यथार्थको कथा बोल्ने फिल्ममा नायिका सुरक्षा पन्त मुख्य भूमिकामा रहेकी छन् ।फिल्मलाई प्रमोद कंडेलले निर्देशन गरेका हुन् । फिल्ममा सुरक्षा पन्तको अलावा कमलमणी नेपाल, अफ्रान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कंडेल र पवन श्रेष्ठको अभिनय छ ।