पछिल्लो समय चलचित्र निर्माण तर्फ नायिकाहरु जमात बढ्दो छ । यस बर्षमात्र ऋचा शर्मा, छुल्ठिम गुरुङ, पूजा शर्मा लगायतका नायिकाले निर्माण गरेको चलचित्रहरु प्रदर्शनमा आए । त्यसमध्य केही सफल भएका छन् भने केहीले लगानी उठाउन समेत पाएनन् । नायिकाहरु बिच बढ्दै गएको निर्माणको मोहमा अर्की नायिका अशिष्मा नकर्मीको पनि आगमन भएको छ । उनले नेपाल भाषाको चलचित्र ‘लाखे भाजु’ निर्माण गर्ने भएकी छिन् । काठमाडौँमा मङ्गलवार एक कार्यक्रम बिच चलचित्रको निर्माण घोषणा गरिएको थियो ।

यम नकर्मीको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा अशिष्मा नकर्मी, शोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिन जोशी लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रको परिकल्पना प्रदिप कुमार उदयले गरेका हुन्। गोपाल काजी कायस्थ र नरेन्द्र महर्जनको संयुक्त लगानीमा निर्माण हुने चलचित्रमा अनौठो प्रेम कथामा आधारित रहने बताइएको छ । चलचित्र नेपाल लगायत विभिन्न देशमा प्रदर्शन हुने निर्माण पक्षले बताए । लामो समय देखि नेपाल भाषा चलचित्रमा सक्रिय रहेकी अशिष्माले आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरिसकेकी छिन् । आफ्नो भाषा र संस्कृतिको जगणा गर्नुे नै मुख्य उद्देश्य भएको बताउने अशिष्माले चलचित्रले नेवारी संस्कृतिको अझ विश्व सामु चिनाउन मद्दत गर्ने बताइन् ।