फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को फर्स्टलुक सार्वजनिक गरीएको छ । सार्वजनिक फर्स्टलुकमा फिल्मको मुख्य नायिका जसिता गुरुङलाई रुवि पात्रको भुमिकामा  देखाइएको छ । आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा यसअघि सार्वजनिक ३ वटा प्रचार सामाग्रीमा नायक धिरज मगरको मात्र गेटअप सार्वजनिक गरिएको थियो ।रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म  निर्माणपक्षले डान्स ड्रामा भनेको छ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको फिल्मको निर्माण गरेका हुन् । फिल्ममा रेनशा राई रानाको कथा तथा पटकथा, रोहित शाक्य, स्वप्न सुनिल र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।  आउँदो वर्षको बैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्ममा धिरज र जसिताको अलावा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।