अभिनेत्री रेखा थापा र पूजा शर्मा एकै फिल्ममा देखिने पक्का भएको छ। केही समय अघी निर्देशक ज्ञानेन्द्र देउजाको फिल्ममा यि दुई नायिकाले एकसाथ काम गर्ने चर्चा भएको थियो । अब भन्यो सो चर्चा पक्का नै भएको छ । अनटाइटल फिल्ममा पूजाले केही दिन अघी साइन गरेकी हुन् । आगामी बैशाखबाट सुटिङ्गमा जाने तयारीमा रहेको फिल्ममा रेखा र पूजा पक्का भएतापनि अर्की नायिका आंचल शर्माको भने टुंगो लागेको छैन । उनि पनि यस् फिल्ममा हुने चर्चा चलिनै रहेको छ  । फिल्म रेखा फिल्म्सको व्यानरमा निर्माण हुने छ ।