कलाकार तथा गायक विल्सन विक्रम राईको आवाज र निर्देशनमा `सोल्टिनीको बोली मिठो´ बोलको गीत रिलिज गरीएको छ । आवाजमा विल्सनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । विल्सनकै रचना रहेको गीतमा तोरेम्पा ह्याङ राईको संगीत रहेको छ । राजु कार्कीले गीतको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ गरेका छन् ।
बिक्रम डिसिले दृश्य कैद गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोमा विल्सन विक्रम राई, माओत्से गुरुङ, रजनि गुरुङ, डिबि गुरुङ,बिक्रम धिमाल, गम् बहादुर गुरुङ, नेत्र गुरुङ र स्वस्तिका गुरुङको नृत्य देख्न सकिन्छ । भिडियोको कोरीयोग्राफी लभसन् गुरुङले गरेका हुन् । सार्वजनिक भिडियोलाई विल्सनकै आधिकारीक युट्युब च्यानल तक्मे बुढा डट् कम्बाट हेर्न सकिन्छ ।