असोज २७ गते आउँदो शुक्रवार सम्पन्न काठमाडौँमा आयोजना हुन लागेको पाँचौ इनास अवार्डको मनोनयन सार्वजनिक भएको छ । उत्कृष्ट ३ मा पर्ने सफल चलचित्र र चलचित्रकर्मीको मनोनयन सूची सार्वजनिक भएको हो । २० विधामा बाडिने अवार्डमा गत ०७३ सालको असार देखि ०७४ सालको असार सम्म प्रदर्शनमा आएका चलचित्रहरु समावेश गरिएको थियो । त्यस मध्य यस वर्ष उत्कृष्ट चलचित्रमा छक्का पन्जा, जात्रा, डाइङ क्यान्डल परेको छ भने उत्कृष्ट निर्देशकमा चलचित्र वीर विक्रमबाट मिलन चाम्स, जात्राबाट प्रदिप भट्टराई र छक्का पञ्जाबाट दीपाश्री निरौला मनोनयमा परेका छन् । इनासका ६५ देशका प्रतिनिधि सहभागी हुने अवार्ड समारोह शुक्रबार राष्ट्रिय सभागृहमा  हुनेछ।
मनोनयनमा पर्ने सफल सूची :-

१. उत्कृष्ट फिल्म
छक्का पन्जा
जात्रा
डाइङ क्यान्डल

२. उत्कृष्ट निर्देशक
बिर विक्रम- मिलन चाम्स
जात्रा- प्रदिप भट्टराइ
छक्का पन्जा- दीपाश्री निरौला

३. उत्कृष्ट नायक
विपिन कार्की- जात्रा
दयाहाङ राइ- विर विक्रम
दीपकराज गिरी-छक्का पन्जा

४. उत्कृष्ट नायिका
श्रृजना सुब्बा- डाइङ क्यान्डल
स्वस्तिमा खड्का-लभ लभ लभ
प्रियंका कार्की- छक्का पन्जा

५. उत्कृष्ट सह– अभिनेत्री
बर्षा राउत- छक्का पन्जा
मेनुका प्रधान- पुरानो डुङ्गा
प्रमिता आरएल राणा- चपली हाइट २

६. उत्कृष्ट सह–अभिनेता
सरोज खनाल- म यस्तो गीत गाउँछु
माओत्से गुरुङ- पुरानो डुङ्गा
अनिता खड्का- घामपानी

७. नव– निर्देशक
दीपेन्द्र लामा- घामपानी
दीपाश्री निरौला- छक्का पन्जा
प्रदिप भट्टराइ- जात्रा

८. उत्कृष्ट नव–नायक
सुरज पाण्डे- लभ लभ लभ
आयुष्मान देशराज जोशी- चपली हाइट २
पृथ्वीराज प्रसाइ- किस्मत २

९. उत्कृष्ट नव– नायिका
दीया पुन- विर विक्रम
नम्रता श्रेष्ठ- गाँठो
ज्योत्सना योगी- म त तिम्रै हुँ

१०. उत्कृष्ट खलपात्र
सौगात मल्ल- लूट २
अर्पण थापा- विर विक्रम
कामेश्वर चौरासिया- पलाँस

११. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरे- छक्का पन्जा
राजाराम पौडेल- म यस्तो गीत गाउँछु
विपिन कार्की- लूट २

१२. उत्कृष्ट लेखक–पटकथा
दीपकराज गिरी- छक्का पन्जा
दीपेन्द्र लामा- घामपानी
नरेश केसी- डाइङ क्यान्डल

१३. उत्कृष्ट सम्पादक
सुरेन्द्र पौडेलः लूट २
विपिन मल्लः छक्का पन्जा
मित्र गुरुङः जात्रा

१४. उत्कृष्ट छायांकार
पुरुषोत्तम प्रधान- छक्का पन्जा
दीपांकर सिग्देल र रोविन आचार्य- डाइङ क्यान्डल
पुरुषोत्तम प्रधान- लूट २

१५. उत्कृष्ट संगीतकार
अर्जुन पोखरेल- भन्छु आज(म यस्तो गीत गाउँछु)
राजनराज सिवाकोटी- पूर्व पश्चिम रेल(छक्का पन्जा)
कालिप्रसाद बाँस्कोटा- निर जहिले रिसाउने(पुरानो डुङ्गा)

१६. उत्कृष्ट गीतकार
दयाराम पाण्डे- पलाँस
किरण खरेल- किस्मत २
शान्तिप्रिय- छक्का पन्जा

१७. उत्कृष्ट गायक
ताराप्रकाश लिम्बु- विर विक्रम
कालिप्रसाद बास्कोटा- पुरानो डुङ्गा
सुगम पोखरेल- म यस्तो गीत गाउँछु

१८. उत्कृष्ट गायिका
अन्जु पन्त- छक्का पन्जा
अन्जु पन्त-  छक्का पन्जा
मिना निरौला- लूट २

१९. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज- छक्का पन्जा
कविराज गहतराज- म यस्तो गीत गाउँछु
विक्रम स्वार- लूट २

२०. उत्कृष्ट द्धन्द्ध निर्देशक
राजकुमार उप्रेती- लूट २
चन्द्र पन्त- किस्मत २
सानुकुमार महर्जन- पलाँस