दीपेन्द्र के खनालको निर्देशन रहने पशुपति प्रसाद-२ ‘भस्मे डन’ को आज शुभमुर्हत गरीएको छ । पशुपतिमन्दिरमा फिल्मको शुभमुर्हत गरीएको हो ।  यस फिल्मको निर्माता तथा लेखकमा खगेन्द्र लामिछाने रहेका छन् । टुकी आर्टस् प्रा.लिको प्रस्तुति रहने फिल्ममा कृष्ण भारद्वाज र सुवास भुसालको संगीत रहने छ भने, दीर्घ खड्काको सम्पादन रहने छ ।फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रबिन्द्र सिंह बानियाँ मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतका कलाकारहरूको अभिनय रहने छ ।