याक्थुङ युथ एशोसिएसन (वाईवाईए)को आयोजनामा हुन लागेको मिस लिम्बू’को छैटौं संस्करण ‘सम्मान मिस लिम्बू–२०७९’मा ‘पे वेल’ जोडिएको छ । अब प्रतिस्पर्धीहरुलाई जिताउन दर्शकले डिजिटल वालेटबाट भोटिङ गर्न सक्ने छन् । कार्यक्रम आगामी ११ चैतमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ । मिस लिम्बूमा अहिले १८ जना लिम्बू समुदायका युवतीहरु प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको ग्राण्ड फिनालेमा विजेताले नगद ५० हजारसहित स्कुटी पाउनुका साथै हङकङ भ्रमणको समेत अवसर दिइनेछ । त्यस्तै, फस्ट रनर्सअपले एक लाख र सेकेन्ड रनर्सअप विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ
फाइलनका लागि प्रतिस्पर्धी प्रतियोगीहरुमा सुस्मा इम्सोङ लिम्बू, साम्माङ थाम्सुहाङ, रोजा मादेन लिम्बू, रेनुका तुम्सा लिम्बू, फुङ्निमा योङ्हाङ लिम्बू, निता लिम्बू, निरु खापुङ, मुना चेम्जोङ लिम्बू, मुन नाल्बो लिम्बू, ममता आङ्बो लिम्बू, कृतिका चोङबाङ लिम्बू, ज्वाला कुरुमबाङ लिम्बू, बिपीका सेलिङ लिम्बू, अस्मिता मादेन लिम्बू, अनुषा परघरी लिम्बू, एलिना तुम्बापो लिम्बू, काजल सेलिङ लिम्बू र विनुमा पाहिम लिम्बू रहेका छन् । पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठको कोरियोग्राफी रहेको प्रतियोगितामा यसपटक भारतको सिक्किमबाट समेत प्रतिनिधित्व रहेको वाईवाईएका अध्यक्ष तथा गायक भिम लिम्बूले जानकारी दिए ।