सचिन रौनियारको आवाजमा गीत`मरिहत्ते´ रिलिज भएको छ । सन्तोष सुनारको रचना र संगीत रहेको गीतमा सचिनलाई बेनिसा पौडेलले आवाजमा साथ दिएकी छिन्  । नरेश बिबिसीको मिक्स मास्टरिङ गीतमा समावेश गरीएको छ । निकेश खड्काको निर्देशन र हरी हुमागाइको दृश्यकैदमा बनाइएको भिडियोमा गायक सचिन संगै नायिका निता ढुंगानाको अभिनय रहेको छ । 

 

भिडियोको सम्पादन तथा रंग संयोजन बिकाश धमालाले गरेका हुन् । सार्वजनिक भिडियोलाई सचिनकै अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।