फोटोग्राफर सञ्जय महर्जनले निर्माण गरेको 'जर्नी टु भक्तपुर - द होम टाउन अफ नेप्लिज सेरा मिक्स ' डकुमेन्ट्री जापानमा देखाइने भएको छ । जापानको ताकाहामा सहरको कावारा म्युजियम अफआर्टमा डकुमेन्ट्री प्रदर्शन गरिने भएको हो । २०२२ डिसेम्बर १७ देखि २०२३ मार्च १९ तारिख सम्म प्रदर्शनमा राखिएको छ । "गो टु ट्राभल - जर्नी अफ द आर्टिष्ट" शीर्षकको प्रदर्शनीमा फोटोग्राफर महर्जनले संकलन गरेका नेपालका विभिन्न कलात्मक इट्टा, टाइल तथा उहाँले खिचेका फोटो र डकुमेन्ट्री हेर्न सकिनेछ ।सुन्दरी मिका नामले परिचित नेपाल-जापानबीचको सांस्कृतिक सम्बन्धलाई बिम्बकारुपमा उजागर गर्दै आइरहेकी जापानी गायिका ताकागी मिकाको निर्माणमा बनेको यस डकुमेन्ट्री प्रदर्शनी अवलोकनमा आएका दर्शकहरूले धेरै नै मन पराएको र जापानी विध्यार्थीहरुलाई समेत उपयोगी रहेकोले मार्च १९ को विशेष कार्यक्रम पछि कावारा म्युजियममा प्रदर्शनी समापन भए पनि टोकियो, ओसाका, ओकिनावा लगायत सहरहरूमा पनि प्रदर्शनीमा राखिने बताउनु भयो । साथै २०२३ मा हुने यामागाता अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म फेस्टिभलको लागि समेत तयारीमा रहेको जानकारी दिनु भयो ।डकुमेन्ट्री, फोटो प्रदर्शनी तथा कन्सर्ट कार्यक्रमलाई जापानको परराष्ट्र मन्त्रालयले २०२२ जापान दक्षिण पश्चिम एसिया आदन प्रदान वार्षिकोत्सवको रूपमा पनि मान्यता दिइएको छ।जापान यात्राको क्रममा महर्जनले फुकुयामा म्युजियम, क्योटो नेपाली रेस्टुरेन्ट र शिगा गेस्ट हाउसमा हुने कन्सर्टमा गायिका सुन्दरी मिका र सुन्दरी ब्यान्ड संग केहि नेवारी, नेपाली तथा जापानी गित संगित प्रस्तुतिको पनि कार्यक्रम रहनेछ साथै कावारा म्युजियममा हुने यस बर्षको ओरिअन कन्सर्टमा समेत सहभागी हुनेछ ।