कलाकारहरुको साझा संस्था कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै निरौला अध्यक्ष पदमा विजयी भएका हुन् । शनिबार भएको निर्वाचनमा कूल ४ सय ६८ मत खसेको थियो ।मोहनको पक्षमा २३५ मत खस्दा रेजिनाले २०९ मत प्राप्त गरेकी थिइन् ।पदाधिकारीमा निर्वाचित हुनेमा रेजिना प्यानलका बैरागीबाहेक अरु सबै निरौला प्यानलका हुन् ।त्यस्तै, महासचिवमा सविन श्रेष्ठ र उपाध्यक्षमा कविता गेलाल विजयी भए भने अर्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका छन् । यसैगरी, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवालले विजयी हासिल गर्दा सहकोषाध्यक्ष पदमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी हुन् ।