अभिनेता पल शाहले आफ्नो पारिश्रमिक बढाएका छन् । १ बर्ष कारागार जिवन बिताएका उनले निर्दशक-निर्माताको रोजाइमा परे संगै उनले आफ्नो पारिश्रमिक बढाएका हुन् । उनले फिल्ममा अभिनय गरे बापत ५० लाख र म्युजिक भिडियोमा अभिनय गरे ३ लाख लिने बताएका छ्न् । यस् अघी उनले २५ लाख फिल्मको र १•५ लाख म्युजिक भिडियोबाट बुझ्ने गरेका थिय । शाहले फिमेल भर्सन `तिमिलाई हेर्ने बानि पर्यो´ म्युजिक भिडियोबाट रंगिन नगरीमा कम्ब्याक गर्दै छन् ।