अभिनेत्री रेखा थापा चढ्ने कार दुर्घटनामा परेको छ । चलचित्र ‘रुद्रप्रिया’को प्रमोसनमा व्यस्त रहेकी थापाको बुधवार एक अन्तवार्ता दिएर फर्किने क्रममा दुर्घटना भएको हो । दिउँसो करिब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले कारलाई धक्का दिएको थिए । ट्रकको ठक्करबाट भने कुनै शारीरिक क्षति नभएको बताइएको छ ।

तर कारको अधिकांश भागमा क्षति पुगेको बताइएको छ । रेखा र ट्रक चालक यति बेला गौशला प्रहरी वृत्तमा छन् । कात्तिक २ गतेदेखि रिलिज हुने फिल्म ‘रुद्रप्रिया’ प्रचार प्रसारमा व्यस्त रहेकी रेखा अन्तवार्ता दिएर अम्बे अपार्टमेन्टमा फर्कनेक्रममा उक्त दुर्घटना भएको हो । आफैँले चलाएको कारलाई माल बाहक ट्रकले ठक्कर दिँदा निमेषले बाँच्न सफल भएको रेखाले बताइन् ।
