गायिका एलिना चौहानको आफ्नो प्रेम सम्बन्धलाई स्विकारेकी छन् । प्रेमी बिष्णु सापकोटा र आफु गहिरो प्रेममा रहेको उनको भनाइ छ । केही समय अघी अष्ट्रेलिया पुगेर एलिनाले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन्।पछिल्लो समय यता उनिहरु सामाजिक सन्जाल र टिकटकमा आफ्नो प्रेम पोखिरहेका छन् । एलिनाले  सामाजिक सन्जालमा पनि विष्णु र आफ्नो फोटोमा ‘तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई सुत्न दिंदैन । तिम्रो साथले मलाई जीवित राख्छ ।’ उल्लेख गरेकी थिइन् । बुझिए अनुसार यो जोडि २०८० सालमा बिहे गर्ने  तयारीमा रहेका छन्  ।