बैशाखबाट सुटिङ्गमा जाने तयारीमा रहेको दिपक ओलि निर्देशन रहने फिल्म `कामिनो´ को यतिबेला वर्कशप चलिरहेको छ । एक साताबाट टिम वर्कशपमा जुटेका हुन् । वर्कसपमा नायक प्रदिप खड्का, नायिका बर्षा शिवाकोटी, नव- नायिका नीति शाह लगायतको टीम वर्कसपमा सहभागी रहेका छन् ।वर्कसपको सहजीकरण कलाकार भोला सापकोटाले गरिरहेका छन् ।उत्तर अमेरिकी देश मेक्सिको र दक्षिण अमेरिकी देश ब्राजिलमा खिचिने फिल्मलाई निर्देशक दिपक ओलिले निर्देशन गर्ने छ्न् । महेश दवाडीको लेखन रहने फिल्ममा सुनिल विष्ट गौलीको कार्यकारी निर्माण र एक्सेस नेपाल फिल्मस्को निर्माण रहनेछ ।फिल्ममा सौरभ लामाको छायांकन रहनेछ ।