नायक अनमोल केसी अभिनित फिल्म `छड्के २´ केसीको करियरमै सबै भन्दा झुर फिल्म कहलियो । फागुन १९ बाट प्रदर्शनमा आएको यस् फिल्मले दर्शक तान्नु सट्टा उल्टै भगायो । ५ दिन पनि जसो तसो चलेको फिल्म अन्त्यमा आएर ३० लाखको ब्यापार गरेर थन्कियो । तर सोहि दिनबाट रिलिजमा अर्को फिल्म `छ्क्का पन्जा ४´ तेश्रो चौथो हप्तामा आउँदा पनि सिनेमा दर्शकको ओइरो थेगी नसक्नु छ । अहिले १५ करोडको दौड्मा रहेको फिल्मलाई विदेशमा पनि उत्तिकै दर्शकको माया पाइरहेको छ । तर, दीपकराज गिरीले घोडा चढ्ने मान्छे लड्ने भन्दै अनमोललाई सान्त्वना दिएका छ्न् । दिपक भन्छ्न् ‘सबैका फिल्म सधैंभरि सफल हुन्छ भन्ने हुँदैन । कहिले असफल हुन्छ अनि कहिले सफल । अनमोलको धेरै लामो करिअर छ । उमेरले जवान छ । हामी जस्तो उमेर ढल्किएको होइन’, उनी अनमोलको बचाउमा भन्छन्, ‘कलाकारले फिल्म हिट बनाउने होइन । पूरा टिमले हो । सायद टिम राम्रो परेन होला ।’साथै, अनमोललाई ‘फ्लप’ शब्द खर्च नगर्न दिपाश्री निरौलाले आग्रह गरेकी छन् ।एउटा कलाकारले मात्र फिल्मलाई उचाईम पुर्याउन नसक्ने उनको भनाइ छ । हेमराज विसी निर्देशित`छक्क पन्जा ४´ ले समसामयिक राजनीतिक परिवेशलाई व्यंग्य गरेको छ । फिल्ममा दीपकराज गिरि , दिपाश्री निरौला , माग्ने बुढा , बेनिशा हमाल , राज आचार्य , निर्मल शर्मा , बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।