बहुप्रतिक्षित फिल्म ‘प्रसाद २’ यतीबेला चर्चामा छ ।ट्रेलर रिलिज भएपस्चात कतुहल्ताका साथ दर्शक फिल्मको पर्खाइमा छन् ।सुदर्शन थापाले निर्देशन गरेकोफिल्ममा सुशिल पौडेलको कथा रहेको छ । यसैबिच, यो फिल्मको निर्माणपक्षले आज ‘मार्सी धान’ बोलको गीत सार्वजनिक गर्दैछन्न ।सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । एजी फिल्मसँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै यो फिल्म बनेको हो । यो गीतमा म्युजिक भिडियोको हिट जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीलाई देख्न सकिन्छ । उनीहरुको सरप्राइज उपस्थितले दर्शकमा गीतप्रति झनै उत्साह बढ्ने निश्चित छ । फिल्ममा नायक विपिन कार्की र नायिका केकी अधिकारी मुख्य भूमिकामा छन् । कलाकार अर्पण थापाको भूमिकाले दर्शकमाझ चर्चा पाइसकेको छ । केकी, विपिन, सरोज र आश्मा गीतको भिडियोमा छमछमी नाचेका छन् ।