अभिनेता प्रदीप खड्का उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणमा उनी फिल्म ‘प्रकाश’बाट उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।यही फिल्मबाट दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । उनले पहिलोपटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । प्रदीपले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जित्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘अवार्ड पाउँदा आफैंलाई अचम्म लागिरहेको छ । मैले फिल्म गर्न थालेको ७/८ वर्ष भयो । अहिलेसम्म उत्कृष्ट अभिनेताको अवार्ड पाएको थिइनँ । ‘स्टार’ भनेर केही अवार्ड पाएको थिएँ । हुन त मैले ‘प्रकाश’ गर्नुको कारण कलाकारको रुपमा प्रशंसा होस् भन्ने नै थियो । अवार्ड पाउँदा हर्षित छु ।’