बहुप्रतिक्षित फिल्म ‘प्रसाद २’ यतीबेला चर्चामा छ ।ट्रेलर रिलिज भएपस्चात कतुहल्ताका साथ दर्शक फिल्मको पर्खाइमा छन्  ।सुदर्शन थापाले निर्देशन गरेकोफिल्ममा सुशिल पौडेलको कथा रहेको छ  । यसैबिच, यो फिल्मको निर्माणपक्षले  ‘मार्सी धान’ बोलको गीत सार्वजनिक गरेका छन् ।लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने राजनराजकै शब्द तथा संगीत छ । विवाहको परिवेशमा तयार पारिएको गीतको अडियो र भिडियो पक्ष बलियो छ ।विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका कलाकारद्वय विपिन कार्की र केकी अधिकारीको साथमा म्यूजिक भिडियोको हिट जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारी नृत्य गर्दै देखिएका छन् । 

 

सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । एजी फिल्मसँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै यो फिल्म बनेको हो ।  फिल्ममा नायक विपिन कार्की र नायिका केकी अधिकारी मुख्य भूमिकामा छन् । कलाकार अर्पण थापाको भूमिकाले दर्शकमाझ चर्चा पाइसकेको छ ।