फिल्म ‘गणपति’को आगामी वर्षको जेठ ५ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा भगवान् गणेशको तस्विर संगै अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानलाई देखाइएको छ ।एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा हरिबहादुर घलेको छायांकन छ ।फिल्ममा जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको पनि अभिनय छ । अधिकारी स्वयंको लेखन रहेको ‘गणपति’मा भुषाल टाइटल क्यारेटरमा छन् ।