नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायती दूतावासले भिसा दिन अस्वीकार गरेको छ । चलचित्र ‘इन्टुमिन्टु लण्डन’को सुटिङको लागी बेलायत पुग्नु साम्राज्ञीको भिसा आवेदन अस्वीकृत भएको हो । बुझिए अुनसार साम्राज्ञी सहित बेलायती दूतावासले करिब १० जनाको भिसा रद् गरेको छ । भदौ १६ गते प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शन हुनु अगावै साम्राज्ञी बेलायत जाने बताएकी थिइन् । सोही कारण उनले चलचित्र प्रदर्शन हुनु भन्दा महिना दिन अघिनै मिडियामा अन्तवार्ताहरु दिएकी थिइन् । तर चलचित्र प्रदर्शन भएको महिनौ दिन बितिसक्दा पनि साम्राज्ञी नेपालमै छिन् । ठुलो बजेटको चलचित्र ‘इन्टुमिन्टु लण्डन’का लागी चलचित्रकी निर्देशक रेनाशा वान्तवा राई र नायक धिरज मगर बेलायतमा नै छन् । साम्राज्ञीले भिसा नपाए पछि चलचित्र इन्टुमिन्टु लण्डनको सुटिङ प्रभावित भएको छ ।