चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार खर्च भनेर रु एक लाख सहयोग गरेको छ । ललितपुरस्थित स्नेही काख पुगेर बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बशुन्धरा भुषालले रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण समयमा नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कलाकार संघकी नवनिर्वाचित उपाध्यक्ष कविता गेलाल, संघकी सह-कोषाध्यक्ष पवित्रा आचार्यलगायतका कलाकारहरुको उपस्थिति थियो ।गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट स्नेही काखले उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरेको थियो ।