गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई लिएर  कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ र सिताराम कट्टेल `धुर्मुस´ विवादमा तानिएको लामो समय भइसक्यो । बिचैमा काम छोडिएको रंगशाला अहिले लथालिङ्ग अवस्थामा छ । पैसा खाएको आरोप हिसाब नदेखाएको भन्दै यी कलाकार माथि दर्शक खनिनै रहेका छन् । आलोचना खेप्न नसकेपछि धुर्मुस र सुन्तलीले सामाजिक सञ्जाल मार्फत भिडियो र स्ट्याटस हालेर दर्शकलाई सम्झाउन खोजी रहेका छन् । तर दर्शकले सो कुरा सम्झनु र बुझ्नु भन्दा पनि उल्टै उनीहरू माथि आलोचना गरी रहेका छन् । दर्शकको आलोचना खेप्न नसकेपछि कुन्जनाले सफाइ वा सजायको माग गरेकी छिन् ।उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्ट्याटस लेख्दै आफूहरूमाथि गरेको आलोचनाप्रति आक्रोश व्यक्त गरेकी हुन् ।उनी लेख्छिन् :  "अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकी बन्द कोठामा।मलाई मेरो ईन्बक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ, विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ।म पनि मान्छे हु,धेरै मन दुखेको छ राज्य र राष्ट्र सँग।धुर्मुस जी ले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु ।अब सुन्ने र सहने शक्ति छैन म मा ,कि मलाई सफाइ देऊ कि सजाय! तर जे गर्छौ छिटो गर" l