अभिनयमा राम्रो छवि बनाएका अभिनेता प्रदीप खड्काले अब फिल्म निर्माण गर्ने भएका छन् । फिल्म ‘बार्हा सी’ उनले निर्माण गर्न लागेका हुन् ।आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट फिल्म ‘बार्हा सी’ निर्माण गर्दै छन् । उक्त शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दै उनले निर्माण इजाजत लिएका छन् ।