नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसनले नवीनतम एक्स जिएस्  फाइबर प्रविधिमा आधारित २ जिबिपीएस् एक्स जिएस् -एक्स्ट्रीम्  प्याकेज मार्फत नेपालकै पहिलो मल्टि-गिग इन्टरनेट सार्वजनिक गरेको छ। योअत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ। एक्स जिएस्-पोन्  अर्थात् १०-गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर-अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो ।जसले १० जिबिपिएस् सम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ। हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क (जिपोन्) मा आधरित छ। हाल, गिगाबिट प्यासिभ अप्टिकल नेट्वोर्क  (जिपोन्)प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति २•४ जिबिपिएस् र १.२ जिबिपिएस् को अपलोड गति छ। अब एक्स जिएस्-पोन् को लन्चसँगै ग्राहकहरूले १० जिबिपिएस्  सम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन्। भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो। एक्स जिएस्-पोन् मार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको छ। अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन्। यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि-डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ-नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्ने छ। हालका लागि नयाँ एक्स जिएस् फाइबर प्रविधिमा आधारित उत्पादनहरूको एक्स जिएस् -एक्स्ट्रीम् लाइन अप काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध छ। यद्यपि भायानेट छिट्टै आफ्ना एक्स जिएस् उत्पादनहरूको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको छ।भायानेट कम्युनिकेसन नेपालमा अत्याधुनिक प्रविधि र उत्कृष्ट सेवाहरू उपलब्ध गराउन सधैं प्रतिबद्ध रहेको छ र एक्स जिएस् -एक्स्ट्रीम् भायानेटले विगतमा ल्याएका केही अग्रगामी आविष्कारहरूको निरन्तरता हो। सन् २०११ मा भायानेटलेनेपालमा पहिलो पटक फाइबर-टू-द-होम प्रविधि ल्याएर देशको इन्टरनेटको क्षेत्रमा परिवर्तन ल्यायो। त्यस्तै सन् २०१६ मा नेपालको पहिलो आईपीटीभी सेवाको सुरुवातसँगै यसले नेपालीहरूको टिभी हेर्ने अनुभवलाई सदाका लागिपरिवर्तन गर्‍यो। सन् १९९९ मा स्थापना भएको भायानेट कम्युनिकेशन लि. नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकहरू मध्ये एक हो। दुई दशकभन्दा बढीको अनुभवका साथ भायानेट कम्युनिकेसनले नेपालभरका घर तथा व्यवसायहरूका लागि उच्च गतिको इन्टरनेट र उत्कृष्ट टिभी सोलुसनहरू उपलब्ध गराउँदै आएको छ।