फिल्म "बिहे पास" को ट्रेलर सार्वजनिक गरीएको छ । बैशाख १ मा प्रदर्शन हुने फिल्मको ट्रेलर शुक्रबार सार्वजनीक गरिएको हो l ट्रेलरमा अभिनेता दयाहाङ राई र 
र नायिका प्रकृति श्रेष्ठलाई पति पत्नीको रुपमा देखाइएको छ ।सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो फिल्मलाई  प्रवेश पौडेलले निर्देशन गर्दै छन् । फिल्ममा नायक दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

 

प्रवेशले यसअघि फिल्म ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् भने ग्याल्जेन लामा यसका सह–निर्माता हुन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण रहने फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखेका हुन् l सामाजिक विषयमा हाँस्यरस मिसाएर निर्माण भएको फिल्मको  छायांकन तराइका विभिन्न स्थानमा गरिएको हो।