आगामी बैशाख १ बाट प्रदर्शन हुँने फिल्म`बुलाकी´ को दोश्रो गीत रिलिज गरीएको छ । ‘गल्ती मेरो छैन, दुनियाँलाई सम्झाइ देउन’ बोलको गीतमा स्वर बादल थापाको छ भने शब्द लेखन र संगीत संयोजनमा बादललाई सुविन सेन्चुरीले साथ दिएका छन् । गीतको भिडियोमा नरेन खड्का, सुरक्षा पन्त विराज विष्ट लगायत फिचर्ड छन् । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको फिल्म स्व. मोति बिष्टको प्रस्तुति र टोपेन्द्र बिष्टको निर्माणमा तयार भएको हो । फिल्मको कथा राजबहादुर सानेको हो । शिव ढकालले खिचेको फिल्ममा अर्जुन जिसीको  सम्पादन रहेको छ   । 
 

 

फिल्ममा नरेन, सुरक्षा र विराजसँगै प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा,सोनु सेढाइ, धनबहादुर राई, वसन्त परियार, लक्ष्मण देवकोटा लगायतलाई देख्न सकिनेछ । फिल्मको सम्पुर्णजसो छायांकन पश्चिम नेपालको जाजरकोट, रुकुम र डोल्पामा गरिएको छ ।