कात्र्तिक ९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐश्वर्य’को नयाँ पोस्टर सार्वजनिक भएको छ । जसमा चलचित्रकी अर्की मुख्य नायिका केकी अधिकारी र्र  अभिनेता रमेश उप्रेती फिचरिङ छन् । प्रदर्शनको नजिक रहेको ‘ऐश्वर्य’को कुनै पनि प्रमोसनल कार्यक्रममा केकीको उपस्थिति छैन । ऐश्वर्यको गीत र ट्रेलर सार्वजनिक कार्यक्रममा केकीको उपस्थिति नभए पछि उनी  सम्बन्धी विभिन्न प्रश्नहरू गरिएको थियो । ट्रेलरमा आफ्नो छोटो भूमिकाको कारण केकी चलचित्र युनिटसँग रिसाएको खबर समेत बाहिरिएको थियो ।

  तर चलचित्र युनिटले पूर्व योजना सहित नै उनलाई अगाडी ल्याएको बताइएको छ । निर्माण पक्षको अनुसार चलचित्रमा केकीको महत्त्वपूर्ण भूमिका रहेको छ । ट्रेलरमा थोरैमात्र समावेश भएता पनि केकाीको भूमिका दमदार रहेको बताइएको छ ।  केकीलाई लुकाउनु चलचित्र टिमको प्लानिङ रहेको र चलचित्रमा केकीको महत्त्वपूर्ण भूमिका रहेको ‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराई बताउछन् । अभिनेता रमेश उप्रेती प्रस्तुतकर्ता रहेको चलचित्रमा रमेश र केकीको साथमा दीपिका प्रसाई, ्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायत कलाकारको अभिनय रहेको छ ।

लामो समय अमेरिका बसाई पछि नेपाल फर्किएका रमेशले निर्माताको रूपमा यसै चलचित्रबाट डेव्यु गर्दै छन् । निर्मल शर्मा सह निर्माता रहेको यस चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ ।