नयाँ वर्षको छेकोलाई प्रदर्शन हुने फिल्म 'नाइँ नभन्नु ल ६’ को शीर्ष गीत सार्वजनिक गरीएको छ । विकासराज आचार्य निर्देशित फिल्म 'नाइँ नभन्नु ल ६’को शुक्रवार रिलिज गरीएको गीत ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ मा प्रताप दासको स्वर र वसन्त सापकोटाको संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा आंचल र आशिर्वाद फिचर रहेका छन्। फिल्ममा अर्थव उप्रेती बाल कलाकारको रुपमा डेव्यु गर्दैछन्। अनुभव रेग्मी, प्रियंका कार्की, केकी अधिकारी लगायतको फिल्ममा अभिनय रहेको छ ।
आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको विकासराज आचार्य र विष्णुमणि दाहाल निर्माता हुन्, भने कार्यकारी निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान रहेका छन् ।