नायिका बेनिशा हमाल निर्देशित सर्ट फिल्म `मिस्सिङ ब्राइड´ रिलिज भएको छ । सिनेमाघर एपमा फिल्मलाई रिलिज गरीएको हो । फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरी प्रमुख भूमिकामा छन् ।फिल्ममा बेनिशाकै लेखन रहेको छ । केदार भुषाल कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्दीप घिमिरेको मुख्य सहायक निर्देशन तथा किशोर केसी र सदीक्षा गौतमको सहायक निर्देशन छ ।निर्देशक हमालकै होम प्रोडक्सन कम्पनी मौरी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन तथा कलर करेक्सन, राजेश शाहको भिएफएक्स रहेको छ ।