गायक मानस राज र कृस्टि श्रेष्ठको आवाजमा गीत`लै बरी लै´ रिलिज गरिएको छ । नृपेश उप्रेतीको रचना र सङ्गीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन समावेश छ । सरोज अधिकारीको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा कार्टुन क्रुजको नृत्य देख्न सकिन्छ ।

 

 

पवन सुस्लिङले दृश्य कैद गरेको भिडियोलाई सरोज अधिकारीले सम्पादन गरेका हुन् । सुप्रीम पराजुलीले भिडियोमा रङ्ग संयोजन गरेका छन्  ।