फिल्म `पशुपति प्रशाद २ भष्मे डन’ को छाँयाकन यतीबेला तिव्रगतीमा भैरहेको छ । फिल्ममा अभिनेता बिपिन कार्की र स्वस्तिमा खड्का मुख्य भुमिकामा रहेका छन् । पशुपतिनाथ भित्र भैरहेको फिल्मको छाँयाकनबाट नायिका स्वस्तिमा खड्काको लूक बाहिरीएको छ । जसमा उनी दुर्गा माताको रुपमा देखीएकी छन् । अनुहारमा पोतिएको रङ र दुर्गामाताको गेटअप हेर्दा फिल्ममा स्वस्तिमाको पात्र निकै रोचक हुन सक्ने अनुमान गर्न सकिन्छ । तस्विर : अनलाइन खबर
खगेन्द्र लामिछानेको पटकथा लेखन र निर्माणमा बनिरहेको यो फिल्म पशुपतिप्रसाद मात्र नभएर भष्मे डनको पात्रमाथि आधारित छ । दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्मलाई नीरज कँडेलले खिचिरहेका छन् । फिल्ममा अभिनेता सौगात मल्ल पनि देखिएका छ्न् । फिल्म अर्को बर्षको दशैमा रिलिज हुने छ ।