फिल्म 'पर्देशी २' को रिलिज मिती सारीएको छ l फिल्म आगामी बर्षको कात्तिक ३ गतेबाट प्रदर्शन हुने भएको छ । दशैंलाई लक्षित गर्दै असोज १४ गतेलाई फिल्म ‘परदेशी २’को प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, त्यस मितिमा फिल्म रिलिजको ठूलो भीडभाड भएपछि फागुन ५ मा सर्यो । तर, यो मितिमा पनि प्रदर्शन हुन नसकेको ‘परदेशी २’ अब आगामी वर्षको कात्तिक ३ गतेबाट प्रदर्शन हुने भएको हो ।निर्माण टिमले एक भिडियोमार्फत् प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा छायांकनरत फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ पनि प्रदर्शनमा आउने तयारीमा छन् । अर्थात्, आगामी दशैंमा दुई सफल फिल्मका श्रृंखलाबीच भिडन्त हुने भएको छ ।फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् l यसै फिल्म मार्फत गायक प्रकाश सपुतले नायकको रुपमा डेब्यु गरेका छन् l रमेश विजीले कथा रहेको फिल्मलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा बोल्ने 'परदेशी २' २०७२ सालमा प्रदर्शनमा आएको फिल्म 'परदेशी' को सिक्वेल हो l