फिल्म ‘जय हो’ को विदेशी राइट्स महँगो रकममा बिक्री भएको छ । नमस्ते इन्टरटेनमेन्टले ६० लाखमा फिल्मको विदेश राइट्स खरिद गरेको हो । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मलाई टेक पौरखी राईले निर्देशन गर्दैछन् ।एक्सन लभ स्टोरी जनराको फिल्ममा राज के अधिकारी र सुरज सरकार निर्माताको रुपमा रहेका छन् । फिल्ममा सुरेश न्यौपानेको कथा, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत र सौरभ लामाको छाँयाकन रहनेछ ।हाल फिल्म छाँयाकन पोखारामा भैरहेको छ । ‘जय हो’मा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकरी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शक्या श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङसँगै अतिथी कलाकारमा रोहित रुम्बा छन् । सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।