‘सम्मान मिस लिम्बू–२०७९’को उपाधि विनुमा पाहिम लिम्बूले जितेकी छन् । शनिबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा प्रतिस्पर्धीहरुलाई पछि पार्दै विनुमाले मिस लिम्बूको ताज आफ्नो पोल्टामा हालेकी हुन् ।विजेता विनुमाले नगद एक लाखसहित स्कुटी पाउनुका साथै हङकङ भ्रमणको समेत अवसर पाएकी छन् । यस्तै,
प्रतियोगिताको फर्स्ट रनर अप काजल सेलिङ लिम्बू भइन् भने सेकेण्ड रनर अप मुना चेम्जोङ लिम्बू घोषित भइन् । 
साथै फर्स्ट रनर अप काजलले एक लाख रुपैयाँ र सेकेन्ड रनर्सअप विजेता  मुनाले ५० हजार रुपैयाँ नगद प्राप्त गरेकी छन् ।  प्रतियोगितामा विनुमाको साथै काजल सेलिङ लिम्बू, मुन नाल्बो लिम्बू, रोजा मादेन लिम्बू र मुना चेम्जोङ लिम्बू सहभागी थिय ।