सविर श्रेष्ठ निर्देशित चलचित्र ‘कहीँ कतै’को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । नेपालमा रिलिज डेट तय नगरिएको चलचित्र नोभेम्बर ६ मा भने भारतको पूर्वोत्तर राज्य सिक्किमका प्रिमियर हुने भएको छ । सार्वजनिक ट्रेलरमा रामान्टिकको साथै फेमिली ड्रामालाई समावेश गरिएको छ । ट्रेलरमा शिवानी गिरी, दिलीप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायतका कलाकार फिचरिङ छन् ।
यसअघि चलचित्रको ‘झ्वाइँया झान..’ रोमान्टिक गीत सार्वजनिक भइसकेको छ । भूमिकामा छन् । तन्नेरी प्रेमलाई कसरी अभिभावकको विगतले प्रभाव पार्छ भन्ने चित्रण ट्रेलरले गरेको छ । चलचित्रामा बाबु श्रेष्ठको छायाङ्कन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको सङ्गीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् । डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले फिल्म निर्माण गरेकी हुन् ।