बानेश्वर थापा गाउँ स्थित आरोहण गुरुकुलमा नाटक ‘मार्क्स फर्किए’ पुनः मञ्चन हुने भएको छ । कार्ल मार्क्सले एक सय ४० वर्षअघि बिताएको जीवनको आधारमा तयार भएको नाटक नेपाल अध्ययन केन्द्रको आयोजनामा चैत्र १७ गतेदेखि वैशाख ९ गते सम्म मञ्चन गरिने भएको हो । अमेरिकी इतिहासकार हवार्ड जिनद्वारा लिखित नाटक ‘मार्क्स इनसोहो’को नेपाली संस्करण हो । नाटकको परिकल्पना साथै निर्देशन सुनिल पोख्रेल र प्रवीण खतिवडाको रहेको छ ।सवा घण्टासम्म चल्ने यो नाटकमा मार्क्सकी पत्नी जेनीको भूमिकामा निशा शर्माले अभिनय गर्ने छिन् । साथै, अन्य कलाकारहरू भने गुरुकुलका विद्यार्थीहरुनै रहने छन् ।यसअघि २०७६ सालमा यसलाई मञ्चन गरिएको थियो ।