फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को  शुभमुहुर्त गरिएको छ । काठ्मान्डौ स्थित मैतिदेवि मन्दिरमा फिल्मको शुभमुर्हत गरीएको हो । बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्यालाई दर्शक माझ स्क्रीन मार्फत पुर्याउन लाइएको फिल्मको कथा र निर्देशन अनिता पण्डितको रहने छ । फिल्ममा एक आमाले  बच्चाको लागी गरेको संघर्षपूर्ण फिल्ममा हेर्न पाइने छ  । पेशाले आईटि इन्जिनियर रहेकी उनले आफ्नो चलचित्रप्रतिको प्रबल इच्छालाई मुर्तरुप दिने क्रममा यो फिल्म निर्देशन गर्न लागेकी हुन् ।  आश्वि फिल्मसले निर्माण गरेको फिल्ममा नायिका सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको प्रमूख अभिनय रहनेछ ।फिल्मका लाइन प्रोड्युसर शंकर कार्की हुन् । साथै नायिका सुर्विना कार्कीले भने आफुलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएकोले यसमा अभिनय गर्न लागेको बताईन् । उनले भनिन्, “यसमा आफ्नो ‘सेक्सुवालिटि’लाई ‘एक्सप्लोर’ गर्न चाहने महिलाको कथा रहेको छ । वर्तमानमा यो कुरा एकदम सामान्य हो तर विभिन्न कारणले एक महिलाले त्यसलाई बाहिर ल्याउन सकिरहेको हुँदैन । कथा त्यसमै आधारित छ ।”