चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीलाई फेसन नेटवर्क नेपाल नामक संस्थाबाट सम्मानित भएका छन् । ‘एफएनएन लेजेन्डरी आइडल’ ले  फिल्म क्षेत्रप्रतिको समर्पण, प्रतिबद्धता तथा सफलताको कदर गर्दै उक्त उपाधिसहित सम्मान गरेको हो ।साथै,क्लब टेनएक्ससँगको सहकार्यमा गत शनिबार काठमाडौंमा भएको ‘फेसन गाला नाइट’ कार्यक्रममा ब्यूटिसियन कमला श्रेष्ठ, पूर्व मिस नेपाल रुबी राणा, कोरियोग्राफर रचना गुरुङ (शर्मा), फोटोग्राफरत्रय राजभाई सुवाल, गौतम धिमाल र महेश प्रधान, फेसन डिजाइनरद्वय मुक्ता श्रेष्ठ र रमिला नेमकुल, कस्ट्युम डिजाइनर राजेश धाखवा, फेसन एजुकेटर ज्ञानी शोभा तुलाधर, सञ्चार उद्यमी पूजा मानन्धर र रनवे साउन्ड डिजाइनर भाइटललाई पनि सम्मानित गरिएको थियो ।फेशन तथा सौन्दर्यको क्षेत्रमा काम गर्ने प्लेटफर्म रुपमा स्थापना भएको फेसन नेटवर्कको उद्देश्य नेपालको फेसन उद्योगका सम्पूर्ण सरोकारवालाहरूलाई सशक्तिकरण गर्नु हो ।