नायिका सुरक्षा पन्त अभिनित फिल्म`बहाव´ले सेन्सरबोर्डबाट युनीभर्सल सर्टिफिकेट पाएको छ । चैत २४ गतेलाई प्रदर्शन  हुने फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको छ ।  फिल्मलाई स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतिमा निर्माण गरीएको हो l फिल्ममा सुरक्षाका अलावा कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन् । सुजन बडालले सम्पादन गरेको फिल्मलाई कार्तिकेय स्मिता कर्नाटकले छायांकन गरेका हुन् । फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सज्जा चौलागाईंको आवाज, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ छ । फिल्मका निर्माता श्रीधर पौडेल हुन्