गएको साताबाट फ्लोरमा गएको फिल्म ‘नांगो गाउँ’ को सुटिङ्ग यतीबेला काभ्रेको बेथान्चोकमा भैरहेको छ । तिब्रगतीका साथ सुटिङ्ग भैरहेको फिल्मको सेटबाट केही तस्विरहरु सार्वजनिक भएका छन् । जसमा फिल्मका मुख्य अभिनेता -अभिनेत्री कर्मा शाक्य र साम्राज्ञीराज्य लक्ष्मी शाह देखिएका छन् । तस्विरमा अभिनेत्री साम्राज्ञीसंग अभिनेता कर्मा रोमान्टिक देखिएका छन् ।साम्राज्ञीले केही दिन अघीमात्र सुटिङ्ग सेट ज्वाइन गरेकी हुन् । दिपेन्द्र लामाको निर्देशनमा बनिरहेको फिल्ममा नायक दयाह्याङ राई र मिरुना मगरपनि मुख्य भुमिकामा छन् । मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा हिमाल शर्माले लगानी गरेका छन्।