फिल्म `जारी´ को विदेशि राइट्स् महँगो रकममा बिक्री गर्दै निर्माण टिमले आफ्नो लगानी सुरक्षित गरेको छ । फिल्म ‘जारी’को टिजर र ट्रेलरले उम्दा प्रतिक्रिया पाएपछि यतिबेला विदेशमा माग बढेको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व तथा पूर्वी एसियाली मुलुकमा फिल्मको राइट्स बेचिरहेको छ । जसबाट निर्माताले डेढ करोड बढी कमाइसकेका छन् २०८० को नयाँ वर्षको दिन प्रदर्शन हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । बाँसुरी फिल्मको व्यानरमा निर्मित फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणि नेपाल, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।