चलचित्र प्राविधिक संघ (नेफ्टा)ले  छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ बर्षबाट घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने नेफ्टाले निर्णय गरेको हो । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राती ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नुपर्नेछ । साथै,नेपालमा छायांकन गर्न आउने विदेशी फिल्मले अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने र नेपालमा छायांकन गर्दा नेफ्टासँग अनुमति लिनुपर्ने देखि सहकार्य गर्नुपर्ने नियम पनि ल्याउने तयारी छ ।गत महिना लगातार तेस्रो कार्यकालमा अध्यक्षमा निर्वाचित भएका लामाले प्राविधिकको हकहित र फिल्मको अन्तर्राष्ट्रियकरणलाई प्रमुख एजेण्डा बनाएका हुन् । थप् नेफ्टाले बैशाख १ गतेदेखि नै नेफ्टाको सदस्यता नलिने प्राविधिकले काम गर्न नपाउनेदेखि संस्थाबाट सुविधा पनि नपाउने पनि जानकारी गराइएको छ । सिफ्ट प्रणाली कार्यान्वयन गर्नको लागि निर्माता संघ र चलचित्र संघजस्ता सम्बद्ध निकायसँग नेफ्टाले सहकार्य गर्ने नेफ्टाको योजना छ ।