पूर्व मिस नेपाल मलिना जोशी अभिनित चलचित्र ‘रानी’ यही कात्र्तिक २ गतेबाट प्रदर्शनमा आउदैँ छ । चलचित्र प्रदर्शनको नजिक आइरहन्दा चलचित्रकी मुख्य नायिका भने अमेरिका पुगेकी छिन् । मलिना अभिनित आधा दर्जन भन्दा बढी चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् । यस वर्ष मात्र दुई चलचित्र ‘संरक्षण’ र ‘लिला’ प्रदर्शनमा आए । तर कुनै पनि चलचित्रले मलिनालाई कुशल अभिनेत्रीको रूपमा चिनाउन सकेको छैन । उनको आस गरिएको चलचित्रको रूपमा रानी लाई लिइएको थियो । रानीको गीत र ट्रेलर सार्वजनिक भइसकेका छन् जसबाट मलिनाले तारिफ पाएकी छन् । तर चलचित्र रिलिज हुन हप्ता दिन बाँकी रहन्दा उनी भने ‘वमन इन कन्सर्ट’को लागी अमेरिका पुगकी हुन् । दयाराम दाहालको निर्देशन रहेको चलचित्र ‘रानी’लाई भानु महर्जनले निर्माण गरेका हुन् । चलचित्रमा मलिनाको साथमा अनुपबिक्रम शाही, सरुक ताम्राकार, मनिषसुन्दर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।